Amrit Syangtan
Back to Blog
information

सुरक्षित, मर्यादित एवम् सुव्यवस्थित रूपमा २४ सै घण्टा देउसी-भैलो कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा।

Nov 09, 2026 Amrit Syangtan
सुरक्षित, मर्यादित एवम् सुव्यवस्थित रूपमा २४ सै घण्टा देउसी-भैलो कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा।
Preview Image

नेपालीहरूको मौलिक सांस्कृतिक धार्मिक एवम् परम्परागत चाड तिहार पर्वमा देहाय बमोजिमका कार्य गर्नु/गराउनुहुन मिति २०८३।०७।२३ को सचिवस्तरीय निर्णयमानुसार अनुरोध छ।

(१) यस मन्त्रालयको मिति २०८३।०६।२४ गतेको सूचनाको पूर्णरूपमा पालना गर्नुहुन।

(२) नेपाली मौलिक कला, संस्कृतिलाई प्रोत्साहन दिने तथा सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा परम्परागत देउसी-भैलो कार्यक्रम २४ सै घण्टा सञ्चालन गर्न दिनुहुन,

(३) देउसी-भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित ढङ्गले मात्र सञ्चालन गर्न दिनुहुन साथै कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउनुहुन,

(४) विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा एवम् द्वेष फैलाउने किसिमका अछलील नृत्य, गीत, सङ्गीत वा नारा प्रयोग गर्न नदिने व्यवस्था मिलाउनुहुन,

(५) चाडपर्व मनाउने क्रममा जुवा तास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न, मादक पदार्थ/लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउन उचित व्यवस्था मिलाउनुहुन,

(६) अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम/ध्वनि उपकरणहरूको प्रयोग नगर्न तथा अस्पताल तथा वृद्धाश्रम जस्ता संवेदनशील क्षेत्रहरूमा विशेष सावधानी अपनाउन विशेष ध्यान दिनुहुन,

(७) सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गरी वातावरणीय स्वच्छता कायम राख्दै जथाभावी फोहोरमैला नगर्ने व्यवस्था मिलाउनुहुन।

देउसी-भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा कुनै समस्या परेमा तुरुन्तै प्रहरी नियन्त्रण कक्ष (१००) वा आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) १२३४ मा सम्पर्क गर्नका लागि जिल्लामा सबै नागरिकलाई सुसूचित गर्नुहुन अनुरोध छ।